पोखराका पहिरो पीडित परियारलाई अमेरिकाबाट ८ लाख बढी आर्थिक सहयोग
पाेखरा | साउन २५, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ मा गत महिना २७ गते राति गएको पहिरोमा परि परिवारका सबै सदस्यहरू गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ ।
अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको राहत रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिरो पीडित परियारलाई प्रदान गरे ।
असार २७ गते राति गएको पहिरोमा परि परिवार नै गुमाएका परियारको आवास निर्माणमा सहयोग गर्ने गरी नगद रु.८ लाख २ हजार २ सय राहत प्रदान गरिएको हो । पहिरोका कारण अभिभावकत्व गुमाएका परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने नगरप्रमुख आचार्यले बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

